बाँकेमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १३ भाद्र २०७९, सोमबार

तस्विरः फाइल

नेपालगन्जः बाँकेमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा ७ जनाको नमूना परीक्षण गर्दा २ जना र जमुनाहा हेल्थ डेस्कमा २ गरी ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएकामध्ये १ जना जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३४१ पुगेको छ । यस्तै आज थप ९ जना निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९६२ पुगेको छ ।

अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २६ जना रहेको वलीले बताउनुभयो । एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने २५ जना होमआइसोलेशनमा बसिरहेका छन् । कोभिड शुरु भएयता आजसम्म बाँकेका ३५३ जनाको निधन भएको उहाँले बताउनु भयो ।

  • १३ भाद्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech