थप २०२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०७९, आईतवार

तस्वीरः फाइल

नेपालगन्जः पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको परीक्षणमा २०२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १६४ जना र १ हजार ७६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४६२ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार १५१ जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।

  • १२ भाद्र २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech