सन १८९५ जर्मनर्म Physicist Sir Wilhem Conrad Roentgen ले X-Rays पत्ता लगाएदेखि मेडिकल फिल्डमा विकिरणको उपयोगिताको विकासक्रम सुरु भएको थियो। यसक्रैममा विश्वमा सर्वप्रथम सन १८९६ मा क्यानडा खुट्टामा रहेको Bullet पत्ता लगाउनको लागि विकिरणको उपयोगिता सुरु गरिएको थियो ।
सुरुवातमा रोग पहिचानको लागि प्रयोग गरिएता पनि हाल विकिरणको ब्यापकरुपमा रोग परिक्षण तथा निदानको लागि पनि उपयोगी बनेको छ। विकिरणले चिकित्सा बिधामा सकारात्मक प्रभाव पारेता पनि जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा गम्भिर तथा दीर्घकालिन समस्याहरु निम्त्याउन सक्छ। त्यसैले विकिरणलाई लाभहानीको मुल्यांकनद्धारा डाक्टरहरुको सल्लाहमा दक्ष जनशक्तिबाट चिकित्सा क्षेत्रमा प्रयोग गर्नु पर्दछ ।
नेपालको सन्दर्भ
सन १९२३ मा एक्स रे मेशिन भित्र्याइएसँगै नेपालमा चिकित्सा क्षेत्रमा विकिरणको प्रयोगको सुरुवात गरिएको थियो। हाल रोग परिक्षण तथा निदानको लागी X-Rays, CT scan, Fluoroscopy,C-arm,Pet scan, Mammography, Radiotherapy, Brachytherapy जस्ता मेशिनहरु उपयोगी बन्दै चिकित्साक्षेत्रमा विकिरणयुक्त मेशिनहरुको महत्वपूर्ण योगदान रहेको छ ।
विकिरणयुक्त मेशिनहरुको प्रयोग बढ्दै जानु तर विकिरण सम्बन्धी प्रयाप्त मात्रमा ऐन काननुहरु बन्न नसक्नु, बनेका काननुहरु कार्यान्बयन हुन नसक्नुले विकिरणले यस क्षेत्रमा कार्यरत जनशक्तिको स्वास्थ्यमा नकारात्मक प्रभाव परेको छ। नेपालमा बिकिरण जोखिम न्यूकिरणका लागि बनेका कार्यविधी कार्यान्वयन सरकारी क्षेत्रमा न्यून छ भने निजी क्षेत्रमा झनै न्यून देखिएको छ ।
विकिरणको जोखिम
विकिरणको मुख्यतयाः Natural (background) र Man made गरी दुई Resources हुन्छन । Natural Radiation वातावरण रहेका Sunlight, Air, Water,Food, Soil, Living organism निस्कन्छ। यस्तो विकिरणबाट WHO को अनसुार प्रत्येक ब्यक्ति हरेक बर्ष 2.4msv बाट Exposed हुन्छ भने यस्को मात्रा कतिपय ठाउँमा 5 देखी 10 गुणासम्म ज्यादा हुन सक्छ
Man Made Radiation जोखिममा खासगरी उध्योगधन्दा कलकारखाना आणबिक भट्टीबाट निस्कने तथ चिकित्सा क्षेत्रमा प्रयोग गरिने विकिरणलाई जनाउदछ। सरंचनागत रुपले विकसित संस्थाबाट विकिरण चहुावाट जोखिम न्यून भएतापनि विकिरणमा काम गर्ने जनशक्ती पूर्णरुपले Radiation Safety हुँदैनन। त्यसलै सर्वसाधरण र विकिरण पेशाकर्मीबिचको Radiation Absorbed Dose को Limitation फरक हुने गर्दछ।
पेशाकर्मीको absorbed dose IAEA को अनसुार बार्षीक 20 msv भन्दा धेरै हुनहुदैन र लगातार ५ बर्ष सम्म 20 msv Radiation बाट Exposed भएमा स्वास्थ्यमा गम्भिर नकारात्मक असर पर्दछ ।
dose (Rem) | effects |
5-20 | समान्यतया तत्काल असर नदेखिने तर दीर्घकालिनरुपमा Chromosomes damage गर्ने सम्भबना । |
20-100 | Temporary रुपले WBC संख्या घट्न सक्ने। |
100-200 | 20 समान्यतया तत्काल असर नदेखिने तर दीर्घकालिनरुपमा Chromosomes damage गर्ने सम्भबना । |
200-300 | 20 समान्यतया तत्काल असर नदेखिने तर दीर्घकालिनरुपमा Chromosomes damage गर्ने सम्भबना । |
300-400 | 20 समान्यतया तत्काल असर नदेखिने तर दीर्घकालिनरुपमा Chromosomes damage गर्ने सम्भबना । |
1 Rem= 10 msv
नेपालमा विकिरण जोखिमका कारणहरु
१. विकिरण सम्बन्धी प्रयाप्तरुपमा ऐन काननु निर्माण हुन नसक्नु, नीति निर्माणकर्ता तथा सरोकार पक्षको ध्यान नजानु ।
२. विकिरण प्रयोग हुने सरंचनाहरुमा विकिरण चहुावटमुक्त छ छैन भनेर नियामक निकायद्वारा नियमन हुन नसक्नु ।
३. विकिरण जोखिमको असरहरुबारे जनचेतना कमिको कारण अनावश्यक रुपमा भ्हउयकभम हुनु।
४. विकिरण प्रयोग हुने क्षेत्रमा सम्बन्धित बिषयको दक्ष जनशक्ती उपयोग गर्न नसक्नु।
५. विकिरणमा कार्यरत सम्पूर्ण जनशक्तिहरुलाई Radiation Dose Measurement को लागि TLD,OSLD उपलब्ध हुन नसक्दा Absorbed Dose थाहा नहुनु।
जोखिम न्यूनिकरणका उपायहरु
१. विकिरणयुक्त मेशिनहरुको सन्चालन गर्न दक्ष जनशक्तिको अनिवार्यता गर्ने ।
२. विकिरण निस्कने औजारहरु रहेको सरंचनाहरु Radiation leakage proof हुनपुर्ने ।
३. विकिरणमा कार्यरत जनशाक्तिको Absorbed dose measurement गर्ने र absorbed dose बढी देखिएमा बिदामा बसाल्ने ब्यबस्था गर्नुपर्ने ।
४. विकिरण जोखिम सम्बन्धी चेतना अभिबृद्धि गर्नका लागि training, seminar हरुको आयोजन गर्ने ।
निस्कर्ष
प्रविधिको विकाससँगै हरेकमा रहने सकारात्मक तथा नकारात्मक पक्षहरुको अध्ययन गरी नकारात्मक प्रभाव न्यूनिकरण गर्न नियामक निकायहरुको महत्वपूर्ण योगदान रहन्छ । त्यसलै विकिरण क्षेत्रमा पनि प्रायप्त ऐन, काननु निर्माण तथा कार्यान्वन गरी विकिरणको असरहरु न्यूनिकरण गर्दै उच्चतम प्रयोग गर्नु नै अहिलेको आवश्यकता रहेको छ ।
लेखक प्रकाश जिसी भेरी अस्पतालका X-RAY INCHARGE हुन् ।