थप ५ जनामा कोरोना, १३ जना निको भए

    • स्वास्थ्य पेज

  • १० भाद्र २०७९, शुक्रबार

तस्विरः फाइल

नेपालगन्जः बाँकेमा शुक्रबार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा १० जनाको नमूना परीक्षण गर्दा २ जना र राप्तीसोनारी गाउँपालिकामा ३ गरी ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएकामध्ये ३ जना बाँकेका हुन् भने २ जना जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३३३ पुगेको छ । यस्तै शुक्रबार थप १३ जना निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९३७ पुगेको छ ।

अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ४३ जना रहेको वलीले बताउनुभयो ।

एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने ४२ जना होमआइसमा बसिरहेका छन् ।

 

  • १० भाद्र २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech