डेंगुबाट पूर्व गाविस उपाध्यक्षको मृत्यु

    • स्वास्थ्य पेज

  • १० भाद्र २०७९, शुक्रबार

नेपालगन्जः डेंगुका कारण एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका १ घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने ७६ वर्षीय चुरामणि आचार्यको डेंगुका कारण मृत्यु भएको हो ।

केही दिनदेखि अस्वस्थ रहेका आचार्यलाई बुधबार थप परीक्षणपछि बिहीबार काठमाडौं लैजाने तयारी गरिएको थियो । बिहीबार थप उपचारका लागि काठमाडौंबाट छोरा टेकराज आचार्य आएर लैजाने तयारी गरेको समयमा दिउसो मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको बिहीबार राती नै त्रिवेणीमा अन्त्येष्टि गरिएको छ ।

आचार्य अर्घाखाँचीको मरेङ गाविसको पूर्व उपाध्यक्ष हुनुहुन्छ । केही सातायता रुपन्देहीमा डेंगुका बिरामी दिनहुँ बढेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा गम्भीर प्रकृतिका बिरामीहरुको संख्या बढेको वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकले बताउनृुभयो ।

  • १० भाद्र २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech