एक वर्षमा ४४ करोडको होमियोपेथिक तथा आयुर्वेदिक औषधीका कच्चा पदार्थ निर्यात

    • स्वास्थ्य पेज

  • ७ भाद्र २०७९, मंगलवार

नेपालगन्जः देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर गत आर्थिक वर्ष २०७८र७९ मा नेपालबाट विदेशमा निर्यात हुँदै आएको होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थको निर्यात बढेको छ।

वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार उक्त आर्थिक वर्षमा ४४ करोडभन्दा बढीको होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थ विदेश निर्यात भएको छ।

गत आर्थिक वर्षमा नेपालबाट विदेशमा कुल ४४ करोड ९३ लाख ५४ हजार बराबरको १० लाख ६५ हजार ३५२ किलो होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थ निर्यात भएको हो।

यो अघिल्लो आर्थिक वर्ष २०७७र७८ कोभन्दा २३ प्रतिशतले बढी आयात हो। अघिल्लो आर्थिक वर्षमा वीरगञ्ज नाका भएर ३६ करोड ६२ लाख ३२ हजार बराबरको १२ लाख ७५ हजार ४९८ किलो होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थ विदेश निर्यात भएको भन्सार कार्यालयको तथ्यांकमा जनाइएको छ।

 

  • ७ भाद्र २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech