कैलालीमा रुघाखोकी र ज्वरोका बिरामी बढे

    • स्वास्थ्य पेज

  • ६ भाद्र २०७९, सोमबार

नेपालगन्जः कैलालीमा रुघाखोकी र ज्वरोका बिरामी हवात्तै बढेका छन् । प्रदेशको एक मात्रै रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालमा मात्रै अहिले दैनिक एक हजारभन्दा बढी बिरामी ओपिडीमा आउने गरेको छन् ।

प्रदेशको एक मात्रै रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालमा मात्रै अहिले दैनिक एक हजारभन्दा बढी बिरामी ओपिडीमा आउने गरेका छन् । दैनिक एक हजारभन्दा बढी बिरामी ओपिडीमा आउने गरेका छन भने एक सय ५० भन्दा बढी बिरामी इमरजेन्सीमा भर्ना हुने गरेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालमा आउने बिरामीमध्ये ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका धेरै छन् । तर अस्पताल आउँने बिरामीले समयमै चिकित्सकको सेवा पाउँदैनन् ।चिकित्सकहरु अस्पतालमा समयमा नआउँदा दुई तिन दिन देखि आफुले पालो पाउन नसकेको अत्तरियाका विरामी अरुण सिंहले दुखेसो पोख्नुभयो ।सेती प्रादेशिक अस्पतालमा मात्रै नभई अहिले कैलाली, कञ्चनपुरका ग्रामीण क्षेत्रका स्वास्थ्य संघसंस्थामा पनि बिरामीको संख्या बढेको छ ।

अस्पताल आउने बिरामीमा ज्वरो, झडापखाला, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी लगायताका समस्या बढी देखिने गरेको चिकित्सकहरुले बताएका छन् ।

प्रादेशिक अस्पतालमा हिंजोआज बच्चादेखि वृद्धसम्म रुघाखोकी तथा भाइरल ज्वरोसँग मिल्दाजुल्दा लक्षण भएका र केही स्क्रब टाइफसका लक्षण भएका बिरामी आउने गरेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

 

  • ६ भाद्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech