आज एकै दिन ५४२ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २ भाद्र २०७९, बिहीबार

तस्बिर:फाइल

नेपालगन्जः पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९३० जनाको परीक्षणमा ५४२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार २०८२ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र २८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा संक्रमण देखिएको छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २६५ पुगेको छ। पछिल्लो २४ घण्टामा ४२१ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा कसैको मृत्यु भएको छैन।

  • २ भाद्र २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech