इन्टर्नल मेडिसिनको अन्तिम परीक्षा दिएको दिन सोचेको थिए – अब यो जिन्दगीमा औपचारिक अध्ययन र सो सँग सम्बन्धित परीक्षाको झमेला गर्न पर्दैन । आफ्नै गृहनगर पोखरामा लगन र मिहिनेतका साथ सरकारी तथा निजी चिकित्सा अभ्यास शुरु गरियो ।
इन्टर्नल मेडिसिन अभ्यास साथै डायलाइसिस प्रमुख, इण्डोस्कोपी र किड्नी वायोप्सी आदिले जिन्दगी उत्साहित थियो । एउटा मात्र इच्छा बाँकी थियो- ‘नेफ्रोलोजी फेलोसिप’ । किनकी यो मलाई आश्वासन दिइएको थियो । कतैबाट पाइएको यो आश्वसनले मलाई अस्ट्रेलिया वा न्युजिल्यान्डमा ISN Fellowship को सपना ताजा बनाइरहेको थियो । तर ISN Fellowship सपना अधुरै रह्यो ।
जीवनमा कसैले दिएको आश्वसनले पनि कहिलेकाँही सपनाको महल बनाई दिन्छ । त्यहीँ महलमा कैयौं सपनाहरु बयली खेल्न थाल्छन् । मेरो मनमा पनि ती सपनाहरु एकाएक बयली खेलिरहे । एक दिन होइन त्यो पनि कैयौं बनाइदिन्छ । खैर, मेरो जीवनको बाटो भिन्दै रहेछ ।
नेपालमा DM level को पढाइ NAMS मा शुरु भयो । र, साथीहरुले शुरु गरेपछि मन अस्थिर हुन थाल्यो । प्रश्नहरु थिए DM गर्ने कि नगर्ने ? के बिषयमा गर्ने ? आर्थिक चाँजोपाँजो कसरी मिलाउने ? अभ्यास गरिरहेका बिषयमा तीन वर्ष पुनः अध्ययन गर्नु समयको बर्बादी हुने भएकोले नेफ्रोलोजी र ग्यास्त्रो एन्टेरोलोजीन पढ्ने निर्णय गरेँ।
त्यसपछि challenging बिषय cardiology लागेकोले यही बिषयमा जीवन ब्यतित गर्ने निर्णय गरेँ। यसरी कार्डियोलोजी अध्ययन रुचिले भन्दा पनि subject of exclusion को रुपमा छनौट भएको हो। कार्डियोलोजी अध्ययन पछि केत ? झन धेरै प्रश्नहरू थिए । पोखरामा त्यसबेला भएका कार्डियोलोजिष्ट जस्तै इन्टर्नल मेडिसिन प्लस इको कार्डियोलोजिष्ट भइने होकि वा अरु केही मलाई थाहा थिएन। कम्तीमा general cardiology, echo cardiologist त भैहालिन्छ, त्यो भन्दा अघि भए पनि ठीकै छ नभए पनि ठीकै छ।
यो त्यो बेलाको मानसिकता थियो। छनौट परीक्षापछिको Inauguration day मा vice chancellor र Dean हरुको कुरा सुनेर जिन्दगी नयाँ रमाइलोमा अघिबढेको अनुभूति भयो। त्यसपछि गंगालाल हृदय केन्द्रको कडा परिश्रमपूर्ण जीवन शुरु भयो। इमरजेन्सी, ओपिडी, आइसियु, इको ल्याब र क्याथल्याव गर्दागर्दै 30- 32 घन्टा थाहै नपाई बित्थ्यो।
चरम थकाइको महशुस घरपछि मात्र हुन्थ्यो। एक बर्ष बित्दा क्याथल्याव बाहेक अरु पक्षमा वा general cardiology मा course अवधिभरमा निपूर्ण भइन्छ भन्ने थाहा भैसकेको थियो। हामी सहपाठीहरु कसैलाई पनि क्याथल्याव वा इन्टरभेन्सन कार्डियोलोजीमा कति गर्न सकिन्छ भनेर थाहा थिएन। surrender पनि गरेको थिएन र पक्का पनि थिएन।
दोस्रो वर्षको बीच तिर आइपुग्दा coronary angiography गर्न शुरु गरेता पनि कति केसहरूमा केही मिनेटमा सिनियरहरुलाई छोड्न पर्थ्यो कति केसहरू हामीनै पुरा गर्थ्यौ। PTMC मा कहिले first assistant त कहिले second assistant हुन पाइन्थ्यो। Angioplasty मध्य primary angioplasty मा first assistant र Routine angioplasty मा कहिले first कहिले second assistant भइन्थ्यो।
सबैभन्दा खराब कुरा के भने यि procedure हरुको बारेमा धेरै कुरा नै हुन्थेन । उत्कट इच्छा तर मौकाको अनिश्चितता, छलफलको कमीले गर्दा intervention cardiology दूर गन्तव्य जस्तो लाग्थ्यो ।
कहानीमा परिवर्तन तव भयो जव डा।रन्जित शर्मा फेलोसिप पुरा गरेर सिङ्गापुरबाट फर्कनु भयो । हामी भेट हुने बित्तिकै intervention cardiology बारेमा कुरा गर्न लागेका थियौं । कसरी guiding catheter selection गर्ने रु कसरी engage गर्ने ? कुन guidewire लिने रु कसरी प्रयोग गर्ने रु स्टेन्टको बनौट र प्रयोग, बलूनको छनौट र प्रयोग अव हाम्रा नियमित कुराकानीका विषय बन्न थाले ।
डा.चन्द्रमणि अधिकारी पनि फेलोसिप पुरा गरेर फर्केपछि माहोल अरु रमाइलो लाग्यो । मेरो मनमा पहिलोपटक Intervention गर्न सकिन्छ होला जस्तो लाग्ने बनाउने काम मुख्यतःडा.रन्जित शर्मा र डा.चन्द्रमणि अधिकारीले गरेका हुन्। सिनियरहरुले काम गरेको देखियो, सहयोग गरियो तर उनीहरू यो ज्यादै कठिन काम हो भने जस्तो देखाउँथे वा हामीले त्यसरी बुझुन भन्ने चाहन्थे।
मानसिक अवस्था यसरी परिवर्तन हुँदा म तेश्रो वर्षको मध्य भागमा थिएँ। हामीहरु सिनियरहरुका प्राइभेट बिरामी वा प्राइमरी केसहरूमा एक्लै एन्जियोग्राफी गर्न थालेका थियौँ। रन्जित दाईको ड्युटीमा कहिले आंशिक कहिले पूर्णरुपमा स्टेन्ट राख्न थालेका थियौँ। धेरै परिश्रम पछि अरु सिनियरहरुले पनि अलि-अलि स्टेन्ट छुन, चलाउन र राख्न दिन थालेका थिए।
यतिबेला केही प्रश्न दिमागमा आउन थाले। Intervention cardiology practice गर्न परीक्षा पछि के गर्न पर्ला रु अवस्था दयनीय थियो। म लोकसेवा अन्तर्गतको चिकित्सक तर पूर्णस्वामित्वको सरकारी अस्पतालमा कहिँ पनि क्याथल्याव नभएकोले अयलागकभम थिए। कि त सरकारी छोडेर गंगालालमा रजिस्ट्रार जाँच दिन सकिन्छ, कि सरकारी अस्पतालमा क्याथल्याव राख्न सकिन्छ वा प्राइभेट कलेजमा अवसर खोज्न सकिन्छ।
एउटा सजिलो उपाय चाहीँ बीर अस्पतालमा काम गरेर काठमाडौंका private क्याथल्यावसँग मिलेर अगाडि बढ्ने हो। उपयुक्त प्रक्रियाको खोजीमा मैले मानिसहरू सँग कुरा गर्न शुरु गरेँ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका तत्कालिन मेसुले क्याथल्याव राख्न सम्भव छैन भन्नुभयो। भेरी अस्पतालका का मेसु डा.श्याम सुन्दर यादव सँग उत्साहजनक कुराकानी भयो। नेपालगन्ज मेडिकल कलेजको नेतृत्वसँग पनि कुराकानी भयो। नेपालगन्जमा क्याथल्यावको सम्भावना अन्य ठाउँमा भन्दा बढी छ जस्तो लागेर मैले यताको सरुवाको प्रक्रिया शुरु गरेँ।
पहिलो पटक जागिरेको रुपमा म कुहिरो लागेको फागुन महिनाको शुरुवातीको दिन नेपालगन्ज आए। छुट्टै बिभाग लिएर कार्डियोलोजीको काम शुरु गरेता पनि इको कार्डियोग्राफी गर्न रेडियोलोजी बिभागको एउटा अल्ट्रासाउण्ड मेशिन प्रयोग गर्नु परेको थियो। बिस्तारै phillips को इकोमेशिन आएता पनि क्याथल्यावको कुरा गफमा नै सीमित थियो।
एकातिर एक जना टण्डन साहेवको सहयोगमा भारतीय राजदूतावासमा कुराकानी शुरु भएको थियो भने अर्को तिर डा.रमेश कोइरालाको अस्पताल सुधार अध्ययन टोलीसँग र तत्कालीन स्वास्थ्य मन्त्री गगन थापासँग मेरो एक पटक गहन कुराकानी भयो। शहिद गंगालाल हृदयरोग केन्द्रको सेवा काठमाडौंबाट बाहिर बिस्तार गर्ने मन्त्री गगन थापा र गंगालाल हृदयरोग केन्द्रको कुराकानीले विषयवस्तुमा तात्विक असर गर्न थाल्यो।
तत्कालिन गंगालाल हृदयरोग केन्द्रका डाइरेक्टर डा.ज्योतिन्द्र शर्माको एउटा टेलिफोन सम्वादमा काम गर्न तयार भए नभएको ? कति अवधि काम गर्ने वाचा गर्ने हो ? जस्ता प्रश्नको मैले वाचा सहित जवाफ दिए । त्यसपछि भेरी अस्पतालको तर्फबाट डा.बीरेन्द्र चन्द, डा.बद्रि चापागाईं र म स्वयम् गंगालालमा डा.ज्योतिन्द्र शर्माले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञहरु, स्वास्थ्य मन्त्री थापा र स्वास्थ्य सचिवसँग कुराकानी गरी एउटा त्रिपक्षीय MOU मा हस्ताक्षर गरेपछि क्याथल्याव ल्याउने प्रक्रियाको वास्तविक शुरुवात भयो। क्याथल्यावको स्थापनासँगै डा.रन्जित शर्माको रेखदेखमा मेरो इन्टर भेन्सन फेलोसिप पुरा भयो।
पहिलो एन्जियोग्राफी र पहिलो एन्जियोप्लास्टी गंगालालका चिकित्सकहरुको निगरानीमा गरेँ । त्यसपछि बयलपाटा अस्पतालबाट रेफर एउटा केसीलाई एम्बुलेन्सबाट लगेर Ostial LAD ( मुख्य नशाको मुहान ) को सफल Independent primary angioplasty गर्यौ। बाँकी कुरा इतिहास बनेको छ। भेरी अस्पताल देशको पहिलो त्यस्तो पूर्ण सरकारी स्वामित्वको अस्पताल बनेको छ जहाँ पूर्ण क्षमताको क्रियाशील क्याथल्याव छ। हाल जनशक्तिको बृद्धि भएकोले procedure मा बढोत्तरी भएको छ।
अक्सिजन स्मारिकाबाट