सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट अस्पताल भर्ना

    • स्वास्थ्य पेज

  • २५ श्रावण २०७९, बुधबार

नेपालगन्जः स्वास्थ्यमा समस्या आएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना हुनुभएको छ ।

हिजो साझदेखि ज्वरो आएको र ज्वरो बढ्दै गएपछि अस्पताल भर्ना गरिएको मुख्यमन्त्रीका स्वकीय सचीव सिवसिंह ओलीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री भट्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको उहाँले बताउनुभयो ।

अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेर बहादुर कमरले प्रारम्भिक परिक्षणमा सामान्य भाइरल ज्वरो देखिएको बताउँदै अन्यकुराको समेत जाँच भैरहेको बताउनुभयो ।

  • २५ श्रावण २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech