कारागारका थप ३५ जनामा कोरोना, संक्रमितको संख्या ५४ पुग्यो

    • स्वास्थ्य पेज

  • १ श्रावण २०७९, आईतवार

नेपालगन्जः कारागारमा थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो मोरङ कारागारको खवर हो ।

कोरोना लक्षण देखिएको आशंकामा ३९ जनाको शनिबार पीसीआर परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कारागारमा कोरोना संक्रमण पुष्टि हुने कैदीबन्दीको संख्या ५४ पुगेको छ ।

अत्यधिक ज्वरोका कारण गत बिहीबार कैदी निरबहादुर नेपालको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएपछि कारागार प्रशासनले कोरोना संक्रमण भएको आशंकामा परिक्षण सुरु गरेको थियो ।

जसअनुसार शुक्रबार मात्रै ज्वरो आएका २३ कैदीबन्दीको एन्टिजेन परीक्षण गर्दा १९ जनामा पोजिटिभ रिपोर्ट आएको थियो ।

कारागार प्रमुख तुलसीराम भगतका अनुसार शनिबार थपिएका ३५ संक्रमितलाई आइसोलेट गरेर राखिने र स्वास्थ्य समस्या देखिए कोशी कोभिड अस्पताल लैजाने तयारी गरिएको छ ।

  • १ श्रावण २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech