सडक बालबालिकाको मिर्गौला बेचेको आरोपमा ५ जना पक्राउ

    • स्वास्थ्य पेज

  • १ श्रावण २०७९, आईतवार

नेपालगन्जः प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको अरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुले काठमाडौंका सडक बालबालिकालाई लोभ देखाई फकाएर भारत लगि मिर्गौला बेचबेखिन गरेको प्रहरीको आरोप छ ।

पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ छन् ।

शरीरमा दुईवटा मिर्गौला हुने, एउटाले मात्र पनि काम गर्ने र एउटा बेच्दा केही नहुने भन्दै मिर्गौला निकालेका व्यक्तिको उदाहरण देखाएर राम्रो मोबाइल पाइने तथा ५ लाख रुपैयाँसम्म कमाइ हुने आश्वासन दिएर उनीहरूले‍ मिर्गौला निकाल्नका लागि सडक बालबालिकालाई भारत लैजान लागेको बेला नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

  • १ श्रावण २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech