अस्पतालमा चिकित्सक नभेटिएपछि अस्पतालले कारबाहीको लागि काट्यो पत्र

    • स्वास्थ्य पेज

  • २० असार २०७९, सोमबार

नेपालगन्जः समयमा चिकित्सक नभेटिएपछि कोशी अस्पतालले कारबाहीको लागि पत्र काटेको छ।

अस्पतालमा निर्धारित समयमा समेत बिरामीलाई छाडेर चिकित्सक अन्यत्र निजी क्लिनिकमा उपचारमा व्यस्त हुने गरेको गुनासोसँगै अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञराज खरेलले प्रशासन कार्यालय गुहार्नुभएको हो ।

सरकारी अस्पतालमा उपचार सेवा प्रभावकारी बनाउनका लागि पछिल्लो समय क्रियाशील रूपमा देखिएका डा. खरेलले जिल्ला प्रशासन कार्यालय मोरङलाई आइतबार पत्र बुझाउँदै कारबाहीको माग गर्नुभएको हो ।

उनले कोशी अस्पतालको नाम बोर्डमा अनधिकृत रूपमा राखेर अस्पतालबाहिर निजी क्लिनिक सञ्चालनदेखि उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्न माग गर्नुभएको हो ।

उहाँले यस विषयको बोधार्थ जिल्ला प्रहरी कार्यालय मोरङलाई समेत गर्नुभएको छ । सर्वसाधारणको उपचारमा अत्यधिक भीडभाड हुने अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी सेवासमयमा समेत बाहिर भेटिन थालेपछि जनगुनासो बढ्दै गएको हो।

 

  • २० असार २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech