मिस नेपालको फाइनल स्पर्धामा ६ जना चिकित्सक प्रतिस्पर्धी

    • स्वास्थ्य पेज

  • ४ असार २०७९, शनिबार

नेपालगन्जः मिस नेपालको आज फाइनल हुँदैछ। फाइनलका लागि २४ जना प्रतिस्पर्धामा छन्। द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल प्रतियोगितामा ६ जना चिकित्सक पनि प्रतिस्पर्धामा छन्।

यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन्। यी तीन मुख्य टाइटलबाहेक बाँकी ९ वटा सब(टाइटलको विजेतासमेत घोषणा हुने छ।

अन्तिम २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुशनोभा ढुंगाना, ७ नम्बरकी मेरिका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गंगा गुरुङ चिकित्सक हुनुहुन्छ ।

मिस नेपाल आयोजक हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले विभिन्न पेशा व्यवसायका सुन्दरीको सहभागिताले प्रतियोगितालाई समावेशी बनाएको बताउनुभयो ।

  • ४ असार २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech