लुम्बिनीकी राज्यमन्त्री बिमला वली डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २ असार २०७९, बिहीबार

नेपालगन्जः लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

मंगलबार राति करिब १ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना हुनुभएका वली बिहीबार ११ बजे डिस्चार्ज हुनुभएको हो ।

दाङबाट बुटवलमा आएकी उहाँलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको अस्पतालका मेसु डा। इन्द्र ढकालले जानकारी दिनुभयो ।

पछिल्लो समय स्वास्थ्य अवस्था स्थिर रहेकोले आराम र औषधी सेवन गर्ने गरी डिस्चार्ज गरिएको उहाँले जानकारी दिनुभयो । उहाँ अस्पतालबाट बुटवलस्थित निवासमा गएको उहाँ निकट स्रोतले जनाएको छ।

मंगलबार बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यो घटना छानबिनका लागि लुम्बिनी प्रदेश सरकारले समिति नै गठन गरेको छ ।

  • २ असार २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech