नेपालगन्जः लुम्बिनी प्रदेश सरकारले सुत्केरी महिलामा हुने कुपोषण रोक्न निः शुल्क सुत्केरी पोषण कार्यक्रम ल्याएको छ । यसका लागि आउँदो आर्थिक वर्षका लागि ५ करोड बजेट छुट्याएको छ ।
थारु समुदायलाई हुने सिकलसेल एनेमियाको निः शुल्क उपचार गर्न ३ करोड ३० लाख बजेट विनियोजन गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा पेटको विशेषज्ञ उपचार सुरु गर्ने भनिएको छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा ओपीडी र जनरल बेड निः शुल्क हुने घोषणा गरेको छ । यसका लागि १ करोड ५० लाख विनियोजन भएको छ ।
लुम्बिनी प्रदेशको राजधानी दाङको लालमटियामा १ सय ५० बेडको अस्पताल बनाउन १ करोड ५० लाख बजेट विनियोजन गरेको छ । गर्भवती महिलालाई घरघरमा एक्सरे जाँच र स्वास्थ्य उपचार गर्न बजेट विनियोजन भएको छ ।