३० वर्षीया सुत्केरीको मृत्यु

    • स्वास्थ्य पेज

  • २९ जेष्ठ २०७९, आईतवार

नेपालगन्जः कमजोर आर्थिक अवस्थाका कारण घरमै सुत्केरी भएकी एक महिलाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–१० धबाङ गाउँकी करिब ३० वर्षीया महिलाको दुई साताअघि मृत्यु भएको हो । उनले घरैमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन । एक बच्चाको पनि मृत्यु भएको छ ।

रोल्पा अस्पतालका चिकित्सक डा प्रकाशबहादुर बुढाले गर्भवतीमा उच्च रक्तचाप देखिएपछि र जुम्ल्याहा बच्चा भएकाले अप्रेसन गर्न सहज नहुने भएपछि जिल्लाबाहिर जान सुझाव दिएको बताउनुभयो ।

थप सुविधासम्पन्न अस्पतालमा जान सल्लाह दिए पनि उनी घरमा गएको पाइएको उहाँले बताउनुभयो । सुत्केरीको श्रीमान् वैदेशिक रोजगारीमा छन् । उनीँ आठ वर्षकी छोरीसहित घरमा बस्दै आएकी थिइन् ।

वडाध्यक्ष मतिलाल डाँगीले जटिल अवस्थाकी गर्भवतीको अवस्थाबारे स्वास्थ्य संस्थाले सोधखोज नगर्नु दुःखद भएको बताउनुभयो ।

  • २९ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech