थप १७ जनामा कोरोना संक्रमण, १०९ जना सक्रिय संक्रमित

    • स्वास्थ्य पेज

  • २७ जेष्ठ २०७९, शुक्रबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१५ जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार १५५ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जना निको भएका छन् भने हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०९ जना होम आइसोलेसनमा रहेका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५६४पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १८१ जना संक्रमणमुक्त भएका छन् ।

  • २७ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech