नेपालगन्जः अत्यधिक गर्मीका कारण बाँकेको बैजनाथ गाउँपालिकाले पनि गर्मी विदा दिएको छ ।
पालिकाभित्र रहेका सम्पूर्ण सरकारी तथा संस्थागत विद्यालयमा तीन दिनका लागि गर्मी विदा दिइएको बैजनाथ शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत विश्वराज ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यही जेठ ३० गतेदेखि असार १ गतेसम्मका लागि विदा दिइएको छ । यसअघि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले आजदेखि विद्यालय बन्द गरिसकेका छन् ।