नेपालगन्ज: बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा गाउँपालिकाले आजदेखी सबै विद्यालयहरुमा गर्मी विदा दिएका छ्न।
गर्मी अत्याधिक बढेर बालबालिकाहरु बिरामी पर्न थालेपछि यी पालिकाले आजदेखी विदा दिएको शिक्षा, युवा तथा खेलकुद शाखाहरुले बिज्ञप्ती निकालेर जानकारी दिएका छ्न।
नेपालगञ्ज उपमहानगरापालिका र कोहलपुर नगरपालिकामा आजदेखि ३१ सम्म र खजुरा गाउँपालिकामा आजदेखी ३० गतेसम्म विदा दिइएको छ ।
पूर्व निर्धारित परीक्षा र अन्य प्रशासनिक कार्यका लागि प्रशासनिक कक्ष भने खुला राख्न भनिएको छ ।