नेपालगन्जः नेपालगन्जमा सुविधा सम्पन्न डेन्टल क्लिनीक संचालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका–२ एसआइवी बैंकको पूर्वपट्टी शाही डेन्टल क्लिनीक संचालनमा आएको हो ।
उक्त क्लिनीकको नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ । त्यसक्रममा उहाँले सुलभ र सस्तो मूल्यमा बिरामीलाई गुणस्तरीय सेवा दिन आग्रह गर्नुभयो ।
डेन्टल क्लिनीकहरु खुल्नेक्रम तीब्र भएपनि दाँत तथा मुखको उपचारका लागि भारतमै जानु पर्ने अवस्था रहेकाले त्यसलाई अन्त्य गर्न नगर प्रमुख विष्टले सुझाव दिनुभयो ।
क्लिनीकका एमडी करिष्मा शाहीले दाँत र मुख सम्बन्धित समस्या भएका विरामीलाई लक्षित गरेर क्लिनीक संचालनमा ल्याइएको बताउँदै सुलभ, सस्तो र गुणस्तरीय सेवामा कसैसँग सम्झौता नगरिने स्पष्ट पार्नुभयो । दाँतकै समस्या समाधानका लागि अव भारतीय अस्पताल धाउनु नपर्ने पनि शाहीको भनाइ छ ।
क्लिनीक उद्घाटनको अवसरमा दाँत तथा मुखको निःशूल्क चेकजाँच, निःशूल्क एक्स रे तथा निःशूल्क दाँत निकाल्ने सेवा प्रवाह गरिने एमडी शाहीले बताउनुभयो । उहाँका अनुसार यो महिनाभरी प्रत्येक उपचारमा ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ । क्लिनीकमा दाँत सम्वन्धी सम्पूर्ण उपचार गर्ने व्यवस्था मिलाइएको छ ।