बाँकेमा ५–११ वर्षका बालबालिकालाई असार ९ देखि कोभिड–१९ खोप

पहिलो चरणमा बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरासहित २७ जिल्लामा खोप लगाउने तयारी छ।


    • स्वास्थ्य पेज

  • २५ जेष्ठ २०७९, बुधबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरुमा बाँकेसहित २७ वटा जिल्लामा खोप अभियान संचालन गरिने र त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान संचालन गरिने छ।

तोकिएको २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ। त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुनेछ।

पहिलो चरणमा बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरासहित २७ जिल्लामा खोप लगाउने तयारी छ।

बालबालिकालाई दिइने उक्त खोप कोभ्याक्स मार्फत केही नेपाल आइसकेको छ भने केही आउने चरणमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • २५ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech