नेपालगन्जः नेपालगन्जको न्यूरोडस्थित रोयल एक्सिस मेडिसिन डिस्ट्रिब्युटरको गोदाममा आगलागी भएको छ । शुक्रबारराती साढे ८ बजे गोदाममा आगलागी भएको संचालक सुजितसिंह सिजापतीले जानकारी दिनुभयो ।
आगलागीबाट करिव १२ देखि १५ लाखसम्मको नोक्सानी भएको पनि संचालक सिजापतीले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका–४ मा रहेको उक्त गोदाममा विभिन्न औषधिसँगै सजिर्कलका सामाग्री थिए । आगलागीको कारण खुल्न सकेको छैन् ।
तथापी विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरी, दमकल, स्थानीयबासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।