फार्मेसी संघ बाँकेले भन्यो–‘डा तिर्थेन्द्र खड्काको अभिव्यक्ति खेदजनक’

    • स्वास्थ्य पेज

  • २१ जेष्ठ २०७९, शनिबार

नेपालगन्जः नेपाल फार्मेसी संघ बाँकेले भेरी अस्पतालका अर्थोपेडिक सर्जन डा तिर्थेन्द्र खड्काको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

डा खड्काले शुक्रबार आफ्नो सामाजिक संजाल फेसबुकमा ‘नेपाल सरकार अन्तर्गतका अस्पतालहरुभित्रको फार्मेसी सेवा नेपाली जनता लुट्ने अखडाको रुपमा स्थापित हुँदैछन् । चिकित्सकले सुझाएको औषधि पूर्णत बदलेर दिने, सोझो बिरामीलाई नेपाली कम्पनीको औषधि पनि भारतीय रुपैयाँको रुपान्तरणमा लिनेलगायतका अपराधमा राज्यका निकायहरु तथा नागरिक समाजको ध्यान जाओस ।’ भनेर लेख्नुभएको थियो ।

चिकित्सकबाट फार्मेसीहरुलाई अपराधको अखडा र अपराधिको संज्ञा दिनु अत्यन्तै खेदजनक र दुर्भाग्यपूर्ण भएको संघले भनेको छ ।

शनिवार संघका अध्यक्ष सुरेन्द्रकुमार डफगरद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–‘सकरारी अस्पताल फार्मेसीहरुले तोकिएको मूल्य भन्दा भन्दा बढी मूल्यमा औंषधि विक्री गरेको भन्ने जस्ता तथ्यहिन, उत्तेजनात्मक, भ्रामक र कपोकल्पित अभिव्यक्तिले हाम्रो पेशागत मर्यादामा ठेस पुगेको ठहर छ ।’

 

 

  • २१ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech