रक्त प्रवाहमा समस्या भएर वा रगतमा अक्सिजनको कमी भएर जब अंगहरुमा अक्सिजनको आपूर्तिमा कमी हुन थाल्छ, त्यस्तो अवस्थामा बिरामीलाई स्वाँस्वाँ हुन थाल्छ। यसको अर्थ मुटुको वा फोक्सोको काममा समस्या भएमा स्वाँस्वाँ हुने सम्भावना बढी हुन्छ। सुरुसुरुमा स्वाँस्वाँ हुने समस्या काम गर्ने बेलामा वा हिड्ने बेलामा मात्रै हुन्छ। पछि समस्या बढ्दै गएर अलिकति हिँड्दा वा १ तल्ला भ¥याङ्ग चढ्दा पनि स्वाँस्वाँ हुन थाल्छ।
बसेको बेलामा पनि स्वाँस्वाँ हुनु नराम्रो संकेत हो। यस्तो भएमा सम्बन्धित चिकित्सकलाई सम्पर्क गर्नु राम्रो हुन्छ। सुत्दा स्वाँस्वाँ हुने र बस्दा ठीक हुने लक्षण मुटुरोग वा फोक्सो रोगसँग सम्बन्धित हो। यसलाई अर्दोप्नीया भनिन्छ। यस्तो लक्षण हुनासाथ चिकित्सककलाई भेटन् जरुरी हुन्छ ।
यस्तै, मुटुको खुम्चिने क्षमतामा कमी भएर स्वाँस्वाँ हुने गर्दछ ।
स्वाँस्वाँ हुने प्रमुख कारणहरुमा मुटु तथा फोक्सोसँग सम्बन्धित रोगहरु, मोटोपना, उच्चरक्तचाप, रगतको कमी, गर्भवती महिला, धेरै दिनदेखि निष्कृय भएर हिडडुल नगरेको भएमा यस्तो हुन्छ ।
स्वाँस्वाँ भएमा कोसँग जचाउने?
स्वाँस्वाँ हुने बिरामीको सर्वप्रथम यसको कारण पत्ता लगाउनु पर्छ। यसको लागि मुटु र फोक्सोसम्बन्धी जाँचहरु गर्न जरुरी हुन्छ। यसबाट केही रोग देखा नपरेमा मोटोपनको कारणले यसो भएको हुनसक्छ। यसका लागि छातीको एक्स–रे, इ.सि.जी, इको गनुपर्ने हुन्छ। स्वाँस्वाँ हुने विरामीले जनरल फिजिसियन वा सिधै मुटुरोग विशेषज्ञसँग जचाउन मिल्छ। फोक्सोरोग साबित भइसकेको बिरामीलाई अप्ठ्यारो भएको बेलामा जनरल फिजिसियन वा फोक्सो रोग विशेषज्ञलाई जचाउन मिल्छ ।