डायलासिस गर्न मेसिन छैन, सरकारको भत्ता पाउनुअघि बिरामीको मृत्यु हुन्छ: सुरेन्द्र पाण्डे

    • स्वास्थ्य पेज

  • १८ जेष्ठ २०७९, बुधबार

नेपालगन्जः नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मिर्गौला पीडितलाई डायलासिस निःशुल्क गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९- ०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

डायलासिस गर्ने मेसिनको अभाव रहेका बेला सरकारले उपलब्ध गराउने भत्ता उपयोगी नहुने पूर्वअर्थमन्त्री पाण्डेको भनाइ छ।

उहाँले भन्नुभयो–‘क्यान्सर, मिर्गौला रोगीलाई पाँँच हजार दिन्छु भन्नु भएको छ। यो राम्रै हो। तर, अहिले अस्पतालमा डायलासिस गर्ने मेसिन नै छैन। ६ महिना, एक वर्ष पालो कुर्नुपर्ने अवस्था छ। त्यो पाँच हजार लिनुअघि नै मृत्यु भइसक्छ। अहिले सम्पूर्णको डायलासिस निःशुल्क गर्छु र मेसिन पनि किन्छु भन्नुपर्थ्यो।’

 

  • १८ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech