जानकी पनि पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    • स्वास्थ्य पेज

  • १७ जेष्ठ २०७९, मंगलवार

नेपालगन्जः बाँकेको जानकी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको छ । गाउँपालिकामा आज एक कार्यक्रमको आयोजनागरी पालिकाका अध्यक्ष छब्बन खाँले पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गर्नुभएको हो ।

जानकी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा भएसँगै बाँकेमा पूर्ण खोप सुनिश्चित भएका पालिकाको संख्या चार पुगेको छ । यसअघि नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चित भइसकेका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै पालिका अध्यक्ष खाँले आप्mनो पालिकालाई स्वास्थ्य सेवामा अब्बल बनाइने बताउनुभयो । स्वास्थ्यबारेको चेतना आम पालिकाबासीलाई गराउन आवश्यक रहेको भन्दै उहाँले स्वास्थ्य सेवाको सहज पहुँचका लागि पालिकाले प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख शाहले बाँकेका आठवटै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणाका लागि तयारी भइरहेको जानकारी दिनुभयो । बैशाख महिनाभित्रै सबै पालिकालाई सुनिश्चित गर्नुपर्ने भएपनि कोरोना महामारी र निर्वाचनका कारण लम्बिएको बताउनुभयो ।

प्रत्येक वर्ष पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित भएको निश्चित गर्ने गरिन्छ । यो अभियानमा स्वास्थ्यकर्मीहरु घरघरमा पुग्ने र खोप नलगाएका बालबालिकालाई घरमै खोप लगाएर खोपको मात्रा पूरा गर्ने गरिएको खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

  • १७ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech