नेपालगन्जः सरकारले क्यान्सर रोग पहिचान तथा निदानका लागि लागि आवश्यक पर्ने पेट स्क्यान मेसिन र साइक्लोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न बजेट छुट्याएको छ।
अर्थमन्त्री जर्नादन शर्माले आइतबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै सो मेसिन खरिदका लागि बजेट छुट्याएको जानकारी दिनुभयो।
मन्त्री शर्माका अनुसार पेट स्क्यान मेसिन र साइक्लोटोन उत्पादनका लागि ५० करोड बजेटको व्यवस्था गरिएको छ।