स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड बजेट

संघमा घट्यो, स्थानीयमा बढ्यो


    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०७९, आईतवार

नेपालगन्जः सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेटमा स्वास्थ्यका लागि उक्त बजेट छुट्याइएको हो।

अर्थमन्त्री शर्माले दिएको जानकारी अनुसार स्वास्थ्य क्षेत्रका लागि विनियोजित उक्त बजेट संघ, प्रदेश र स्थानीय तहको हो। संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड बजेट छुट्याइएको छ।

‘स्वास्थ्यलाई ६९ अर्ब ३८ करोड विनियोजन गरेको छु। यस्तै स्वास्थ्य क्षेत्रका लागि प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड हस्तान्तरण गरेको छु बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले भन्नुभयो ।

स्वास्थ्य क्षेत्रले यो वर्ष पाएको बजेट चालु आर्थिक वर्षकोभन्दा कम हो। चालु आर्थिक वर्षमा स्वास्थ्यले संघमा मात्र १ खर्ब १ अर्ब बजेट पाएको थियो। जसमध्ये पछि ७ अर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा वित्तिय हस्तान्तरण गरिएको थियो। चालु आर्थिक वर्षमा स्थानीयमा २६ अर्ब बजेट छ। संघ, प्रदेश र स्थानीय तहमा गरेर चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा झण्डै एक खर्ब ३५ अर्बको बजेट छ। तर आगामी आर्थिक वर्षका लागि बजेट घटाइएको छ।

बजेटमा आधारभूत स्वास्थ्य संस्थाको निर्मणा तथा सञ्चालन, स्वास्थ्य बीमा लगायतका सामाजिक स्वास्थ्य सुरक्षा, औषधि, नागरिकको स्वास्थ्य जाँच, स्वास्थ्य रेकर्ड, २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई पाँच हजार पोषण भत्ता लगायतका विषयलाई प्राथमिकता दिइएको छ।

  • १५ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech