आगामी आर्थिक वर्ष ६५५ आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने सरकारको घोषणा

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०७९, आईतवार

नेपालगन्जः सरकारले एक वर्षभित्र एक सय बाहेक सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेको छ ।

बजेट वक्तव्यमार्फत सरकारले आगामी आर्थिक वर्षमा ६ सय ५५ आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने घोषणा गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले देशभरका पुराना अस्पताल र जीर्ण भवनहरुलाई विस्थापित गरी नयाँ भवन बनाउने बताउनुभयो । उहाँले केन्द्रीय र प्रादेशिक अस्पतालमा २० वटा जेष्ठ नागरिक वार्ड बनाउने बताउनुभयो ।

मिर्गौला प्रत्यारोपण गरेका र क्यान्सरका रोगीका लागि औषधि उपचार खर्च भनी मासिक ५ हजार खर्च छुट्टयाएको बताउनुभयो ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान चलाउने पनि मन्त्री शर्माले घोषणा गर्नुभएको छ ।

  • १५ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech