प्रेस युनियनले गरेको रक्तदानमा अहिलेसम्म ३१ जनाले गरे रक्तदान

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०७९, शुक्रबार

नेपालगन्जः नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा युनियन बाँके शाखाले शुक्रबार विविध कार्यक्रम गरेको छ । दिवसको सन्दर्भमा प्रेस युनियन बाँकेले शुक्रबार बिहान रक्तदान कार्यक्रम गरेको हो ।

भेरी अस्पतालमा रहेको रक्तसञ्चार केन्द्रमा आयोजना गरिएको रक्तदान कार्यक्रमको नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभएको थियो । त्यसक्रममा नगर प्रमुख विष्टले प्रेस युनियनले अभिव्यक्ति स्वतन्त्रताको अगुवाईमात्र नगरेर सामाजिक कार्य समेत गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

रक्तदान कार्यक्रममा काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, काँग्रेसका जिल्ला सहसचिव विनोद थारु, भेरी अस्पताललका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे, प्रेस चौतारीका जिल्ला अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियनका उपाध्यक्ष समिरमान श्रेष्ठ, पत्रकार महासंघ बाँकेका पूर्व उपाध्यक्ष रुपा गहतराज, पत्रकार विनोद गौतम, युनियन सदस्य प्रविण गिरीलगायत अहिलेसम्म ३१ जनाले रक्तदान गर्नुभएको छ ।

  • १३ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech