ओलीको प्रश्न–‘डडेल्धुरामा मेडिकल कलेज जाने भएछ, कुन कुनामा लगेर राख्ने हो ?’

    • स्वास्थ्य पेज

  • १२ जेष्ठ २०७९, बिहीबार

नेपालगन्जः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा आरजु राणालाई लक्षित गरेर प्रधानमन्त्री शेरबहादुर देउवामाथि घोचपेच गर्नुभएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको वार्षिक नीति तथा कार्यक्रममाथि माग लिँदै उनले प्रधानमन्त्री देउवामाथि घोचपेच गर्नुभएको हो ।

‘संयोगकै कुरा हो डडेल्धुरामा मेडिकल कलेज जाने भएछ। अमरगढीमा कांग्रेसले जित्या छ कि छैन ?

अमरगढी जितेको भए त ठिकै छ। कुन कुनामा लगेर राख्नुपर्ने हो जित्या छैन भने,’ ओलीले भन्नुभयो–‘सम्माननीय प्रधानमन्त्रीको आफ्नै वडामा केही जाने भएन किन भने रुखले जितेन कि क्या हो ? लोकतन्त्रको हरिविजोग यो भन्दा के हुन्छ ?’

  • १२ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech