५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइने

    • स्वास्थ्य पेज

  • १० जेष्ठ २०७९, मंगलवार

नेपालगन्ज: सरकारले ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गर्ने घोषणा गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई खोप लगाउन सुरु गर्ने बताउनु भयो ।

नेपालमा हालसम्म कुल जनसंख्याको ७६ दशमलव ६ प्रतिशतले कम्तीमा एक र ६७ दशमलव ७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्।

  • १० जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech