डोटीको दिपायल सिलगढी नगरपालिकामा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

    • स्वास्थ्य पेज

  • ८ जेष्ठ २०७९, आईतवार

नेपालगन्जः डोटीको दिपायल सिलगढी नगरपालिकाले सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको छ।

मेयर बाजी खड्काको अध्यक्षतामा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकबाट दिपायल सिलगढी नगरपालिका भित्रका सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क दिने निर्णय गरिएको हो।

सुत्केरी हुने वा भएकालाई नगरपालिकाभित्र निःशुल्क र जिल्ला बाहिर लैजानु परेमा ५० प्रतिशत छुट दिने मेयर खड्काले जानकारी दिनुभयो ।

  • ८ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech