भेरी अस्पतालमा आइतबार बिदा नहुने

    • स्वास्थ्य पेज

  • ६ जेष्ठ २०७९, शुक्रबार

नेपालगन्ज: नेपालगन्जस्थित भेरी अस्पतालमा आइतबार बिदा नहुने भएको छ। अस्पतालमा बहिरंग (ओपिडी) लगायतका सेवा आइतबार पनि नियमित रुपमा चल्ने छ।

अस्पतालका मेसु डा वीरेन्द्रबहादुर चन्दका अनुसार आइतबार बिदा नहुने र पूर्ववत रुपमा ओपिडी लगायतका सेवा नियमित हुने जानकारी दिएको हो।

‘शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय कार्यान्वयन सम्बन्धमा छलफल हुँदा हाललाई अन्य सार्वजनिक बिदा परेको बाहेक आइतबारका दिन भेरी अस्पतालको बहिरंग सेवा लगायत सम्पूर्ण सेवाहरु दिउँसो दुई बजेसम्म पूर्ववत रुपमा नियमित सञ्चालन हुने निर्णय भएको उहाँको भनाइ छ।

यसअघि वीर, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, कान्ति अस्पतालपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पताल लगायतले आइतबार बिदा नदिने निर्णय गरेका थिए।

  • ६ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech