लाइफ लाइन जनरल हस्पिटलमा डायलाइसिस सेवा सुरु

    • स्वास्थ्य पेज

  • २२ बैशाख २०७९, बिहीबार

नेपालगन्जः नेपालगन्जस्थित लाइफ लाइन जनरल हस्पिटल प्रा.लिमा डायलाइसिस सेवा सुरु भएको छ । लाइफ लाइन जनरल अस्पतालले मृगौलाका विरामीका लागि आवश्यक पर्ने डायलाइसिस सेवा सुरु गरेको अस्पतालका एमडी डा.प्रतिक श्रेष्ठले जानकारी दिनुभयो ।

निजी अस्पतालबाट डायलाइसिस सेवा दिने लाइफ लाइन यसक्षेत्रकै पहिलो हस्पिटल भएको एमडी डा.श्रेष्ठको दावी छ । बाँकेमा नेपालगन्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित मेडिकल कलेजमा डायलाइसिस सेवा भएपनि विरामीको चाप अत्यधिक हुने गरेका कारण इमरजेन्सीका बिरामीले सास्ती खेप्नु परेको थियो ।

कोहलपुर मेडिकल कलेजमा रहेको डायलाइसिस सेवा संस्थाले चलाउँदै आएको छ । कर्णाली र सुदूरपश्चिम डायलाइसिस सेवा नहुँदा मृर्गालाका विरामीहरु बाँकेमै आउने गरेका छन् । जस्का कारण भेरी अस्पतालमा विरामीको चाप बढ्ने गरेको छ ।

विरामीले पालो नपाउँदा काठमाडौं र भारतको लखनउ जानु पर्ने बाध्यता छ । लाइफ लाइन हस्पिटलमा डायलाइसिस सेवा सुरु भएपछि अब भने बिरामीहरुलाई अन्यन्त्र जानु पर्ने बाध्यता नरहेको भेरी अस्पतालका डायलाइसिस विभाग प्रमुख डा पारश श्रेष्ठले जानकारी दिनुभयो ।

हस्पिटलमा अहिले दुई वटा मेसिन राखिएको छ । मेसिनहरु थप गर्ने तयारीमा हस्पिटल छ । यो सेवा चौविसै घण्टा हुने भएकाले आपत्तकालिन विरामीले ठूलो लाभ पाउने भएका छन् ।

  • २२ बैशाख २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech