थप २० जनामा कोरोना संक्रमण, २२१ जना सक्रिय संक्रमित

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७९, आईतवार

नेपालगन्ज: पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५०८ जनाको पीसीआर परीक्षणमा १२ जना र ७१४ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जना निको भएका छन् भने हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २१५ होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयूमा छ्न ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ६२९ जना संक्रमणमुक्त भएका छन् ।

  • १८ बैशाख २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech