नेपालगन्जः सरकारले कोरोना महामारी फैलिएपछि खडा गरेको कोरोना कोषमा अझै २१ करोड ५० लाख रुपैयाँ मौज्दात रहेको देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कोरोना कोषबाट सरकारले अहिलेसम्म १ अर्ब ४९ करोड १३ लाख ५ हजार २०० रुपैयाँ खर्च गरिसकेको छ । यसमध्ये चालु आर्थिक वर्षमा २४ करोड ४० लाख रुपैयाँ खर्च भएको छ ।
कार्यालयका अनुसार संचालक समितिले विभिन्न ६ वटा निर्णयमार्फत कोषमा रहेको रकम परिचालन गर्ने निर्णय गरेको थियो ।