दुई ‘नक्कली चिकित्सक’ पक्राउ

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७९, मंगलवार

नेपालगन्जः मोरङको दुई स्थानमा क्लिनिक सञ्चालन गरिरहेका दुई जना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन् ।

दार्जिलिङ रानीगञ्ज पानसाली पञ्चायत घर भएका २७ वर्षीय पर्सनजित बर्मन र दार्जिलिङकै २९ वर्षीय सनोड मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

बर्मनले पथरी शनिश्चरे नगरपालिका वडा– १ फिलिम हल लाइनमा श्रीराम पाइल्स क्लिनिक सञ्चालन गर्दै आएको प्रहरीले बताएको छ । मण्डल सुन्दरहरैचा नगरपालिका– ३ स्थित गछिया चौकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका थिए ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार दुई जनाले नै नेपाल मेडिकल काउन्सिलबाट अनुमति पत्र पाएका छैनन् । क्लिनिक सञ्चालन गरी डाक्टर हुँ भन्दै ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको उहाँको भनाइ छ ।

  • १३ बैशाख २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech