के हुन् ‘लू’ का असर, कसरी जोगिने?

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७९, मंगलवार

नेपालगन्जः तातो हावा तथा लूका कारण विश्वमा बर्सेनि हजारौं मानिसको मृत्यु हुने गरेको पाइन्छ। गर्मी मौसममा तापमान बढ्दै जाँदा लू या हिटस्ट्रोकको खतरा पनि बढ्दै जान्छ। यस्तो अवस्थामा शरीरमा पानीको कमि हुने, तापमान बढ्ने, टाउको भारी हुने, आँखा पोल्ने, ज्वरो आउने, बेहोस हुने जस्ता समस्या देखिनसक्छन्।

यसका असरहरु
हृदयको गति तीव्र हुने

श्वासप्रश्वास र रक्तचाप कम हुने

शरीरबाट पसिना ननिस्कने

टाउको अत्यधिक दुख्ने

चक्कर लाग्ने, अचेत हुने

शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने

छाला सुक्खा, रातो र तातो हुने

जोगिने उपाय
दिउँसो घरबाहिर ननिस्कने

फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाही जीवनजल पिउने

बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने या छाता ओढ्ने

चिसो पानीले नुहाउने

क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने

खेतबारीमा कामकाज सकभर बिहान या बेलुका गर्ने

मदिरा सेवन नगर्ने

चिनीको मात्रा बढी भएको झोल पदार्थ पिउने

  • १३ बैशाख २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech