चुनावमा होमिएका २७ वर्षीय युवा चिकित्सक डा राजिक आलम

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७९, मंगलवार

नेपालगन्जः डा राजिक आलम उमेरले २७ वर्ष पुग्नुभयो। एमबीबीएस अध्ययनपछि उहाँ पिजीको तयारीमा हुनुहुन्थ्यो । तर अहिले पिजीको तयारीभन्दा पनि स्थानीय तहको चुनाव उहाँको पहिलो र मुख्य प्राथमिकतामा छ।

युवाहरुको प्रतिनिधित्व गर्दै डा आलम यही वैशाख ३० गतेको स्थानीय तहको चुनावी प्रतिस्पर्धामा उत्रनु भएको छ ।

उहाँले रौतहटको राजपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ । समाजिक सेवा गर्ने र राजनीति मार्फत स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्ने उहाँको योजना र सपना छ।

२०१८ मा भारतको नालन्दा मेडिकल कलेजबाट एमबीबीएस पुरा गर्नुभयो । हाल नेपालमा पिजीको तयारी गरिरहेको अवस्थामा उहाँ राजनीतिमा होमिनुभएको हो ।

चिकित्सक भएकाले पनि स्वास्थ्यका मुद्दाहरु आफ्नो प्रमुख एजेण्डा भएको उहाँको भनाइ छ ।

राजपुर नगरपालिकामा चिकित्सकको अभाव हुने गरेको सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो। राजपुर नगरपालिकामा रहेका स्वास्थ्य चौकीहरुमा प्रसूति सम्बन्धी सेवाहरु अझै पनि सहज रुपमा उपलब्ध हुन सकेको छैन।

चिकित्सकको अभाव रहेको ठाउँमा चिकित्सकको पदपूर्ति गर्ने, प्रसूति सेवा सहज रुपमा उपलब्ध गराउने, उपचारमा आवश्यक पर्ने उपकरणहरु राख्ने, औषधिको अभाव हुन नदिने र स्वास्थ्य सेवालाई सहज बनाउने उहाँले बताउनुभयो ।

  • १३ बैशाख २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech