नेपालगन्जः स्वास्थ्य कार्यालय, बाँकेमा रहि स्वास्थ्यका लागि सक्षम प्रणाली (एसएसविएच)का कार्यक्रम अधिकृत रामहरी अधिकारीका थप यौन अश्लिल हर्कत बाहिर आइरहेका छन् ।
उमेरले ५० वर्ष काटिसकेका अधिकारीले आफ्नो यौनकुण्ठा फरकफरक महिलाहरुलाई यसरी व्यक्त गरेका छन् की उनी अझैपनि २०–२५ वर्षका युवा हुन् ।
कम्तिमा आधादर्जन महिलासँग उनले गरेका यौन अश्लिलका अडियो टेप स्वास्थ्य पेजलाई प्राप्त भएको छ । ति अडियो टेपमा अधिकारीले महिलाहरुलाई अनुचित प्रभावमा पारेर यौन सम्बन्धका लागि दवाव दिएका छन् ।
कतिपयलाई उनले मायाको प्रलोभन देखाएका छन भने कतिपयलाई नयाँनयाँ ठाउँमा घुम्न जाउँ भनेका छन् । कतिपयलाई पैसाकै अफर समेत गरेका छन् । अधिकारीलाई नजिकबाट चिन्नेहरु उनको स्वभावबारे भन्छन्–‘रामहरी सरलाई महिला देख्नै हुन्थेन ।’
विगत दुई वर्षदेखि बाँके जिल्लामा स्वास्थ्य कार्यालयमा रहेर सुशासन तथा स्वास्थ्य योजना क्षेत्रमा प्राविधिक सहयोगका लागि खटिएको भएता पनि अधिकारी भने महिलालाई कसरी आफ्नो प्यास मेटाउन सकिन्छ भन्ने ध्यायनमा केन्द्रीत बनेको देखिन्छ । त्यसको पुष्ट्याई अधिकारी आफैले महिलाहरुसँग गरेको अडियो संवादबाट हुन्छ ।
महिलासँग सम्बन्ध राख्न अधिकारीले सबै हतकण्डा अपनाउन पनि तयार हुने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । ‘अधिकारी सर त, महिला भनेपछि खानै खान भुल्नु हुन्थ्यो उनले भने–‘महिलालाई प्रलोभन पारेर सम्बन्ध राख्ने सुत्र अधिकारीको गज्जवका छन् ।’
ति अडियो टेपमा महिलाहरुसँग गरेको संवादमा पनि अधिकारी महिलालाई अनुचित प्रभावमा पार्न विभिन्न सुत्रहरु अख्तियारी गरेका छन् । तिनै अडियो टेपले पनि अधिकारीको स्वभावलाई उजागर गरिदिएको छ ।
स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने नाममा गैरसरकारी संस्थामा आवद्ध अधिकृत अधिकारीको यौन हर्कतले महिलामाथि हुने यौन हिंसाको कहालिलाग्दो स्वरुप झल्किएको छ । महिला हिंसा विरुद्धको क्षेत्रमा समेत काम गर्ने स्वास्थ्यका लागी सक्षम प्रणालीका अधिकृतबाटै भएको यस्तो हर्कतले संस्थामाथिनै गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।
अधिृकत अधिकारीले आफुले गलत मनसायले महिलामाथि यौन दुव्र्यवहार नगरेको दावी गरेका छन् । स्वास्थ्य पेजसँगको कुराकानीमा अधिकारीले आफुबाट गल्ती भएको स्विकार गरेका छन ।
अधिकारीले आफुले गल्ती गरेको स्वीकार स्वास्थ्यकै कर्मचारीसँग पनि गरेका छन् । स्वास्थ्य पेजमा अधिकारीको यौन अश्लिल हर्कत बाहिरिएपछि अधिकारीले कुरा मिलाइदिनु पर्यो भनेर उनीहरुसंग हारगुहार गरिरहेका छन् ।