कङ्गोमा इबोला भाइरसको सङ्क्रमण पुष्टिः एक जनाको ज्यान गयो

    • स्वास्थ्य पेज

  • ११ बैशाख २०७९, आईतवार

एजेन्सीः प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कङ्गोको इक्वेटर प्रान्त मबान्डा क्षेत्रमा इबोला भाइरसबाट एक जनाको ज्यान गएको र उनमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्री जिनले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

त्यहाँ अहिलेसम्म एउटा मात्रै केस पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।

ज्यान गुमाउनेमा ३१ वर्षका पुरुष रहेका सीएनएनले जनाएको छ । इबोला सङ्क्रमण भएका बिरामीको सम्पर्कमा आएका जो कोहीलाई पनि पहिचान गरी निगरानीमा राखिनेछ ।

सन् २०१८ यता कङ्गोको इक्वेटर प्रान्तमा यो तेस्रो प्रकोप हो ।

  • ११ बैशाख २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech