एमालेको प्रतिबद्धतापत्रः नेपालगन्जमा निःशूल्क स्वास्थ्य सेवादेखि लामखुट्टे नियन्त्रण विशेष अभियानसम्म

    • स्वास्थ्य पेज

  • ९ बैशाख २०७९, शुक्रबार

नेपालगन्जः नेकपा एमाले नेपालगन्जले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । प्रतिबद्धतापत्रमा स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सेवालाई गुणस्तरीय र निःशुल्क बनाउनेदेखि नेपालगन्जमा लामखुट्टे नियन्त्रणका लागि विशेष अभियान चलाउनेसम्मका रहेका छन् ।

यस्ता छन् स्वास्थ्य क्षेत्रका ८ बुँदे प्रतिबद्धता
१-बहिरङ सेवामा रु ५ हजार तथा अस्पताल भर्ना भएको खण्डमा स्वास्थ्य बीमा मार्फत रु १ लाखसम्मको उपचार निःशुल्क हुने व्यवस्था मिलाइनेछ ।

२-स्वास्थ्य बीमा योजना घरघर पुर्‍याउन अभियान चलाइनेछ तथा विपन्न वर्गका व्यत्तिफ्लाई निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइनेछ ।

३-भेरी अस्पताल र अन्य निजी अस्पतालसँग समन्वय गरी सिधै बीमा कम्पनी मार्फत अस्पताल र औषधीको बिल भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ ।

४-प्रत्येक वडामा रहेका स्वास्थ्य केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन साप्ताहिक रूपमा चिकित्सक तथा प्रयोगशालाको सेवा उपलब्ध गराइनेछ । त्यसका लागि आवश्यक संख्यामा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिनेछ ।

५-प्राथमिकताका आधारमा स्वास्थ्य संस्थाहरुमा बर्थिब सेन्टरको व्यवस्था गरिनेछ ।

६-संघीय र प्रदेश सरकारसंग सहकार्य गरेर भेरी अस्पतालको प्रसुती वाडको पुर्वाधार बढाइनेछ । प्रसुती सेवाका लागि अस्पताल पुगेकी गर्भबती महिलाकालागि प्रतिक्षालय निर्माण गरिनेछ ।्

७-लामखुट्टेबाट हुने रोगलाई नियन्त्रण गर्न अन्तरराष्ट्रिय रुपमा प्रचलित मापदण्डअनुसार लामखुट्टे नियन्त्रणका लागि विशेष अभियान चलाइने छ।

८- भेरी अस्पताललाई पोष्ट ग्राजुएट इन्स्टिट्युट (पीजीआई) अस्पतालको रुपमा बिकसित गर्न प्रदेश र संघीय सरकार संग समन्वय गरिनेछ ।

  • ९ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech