भारतमा दैनिक कोरोना संक्रमणमा ६६ प्रतिशत वृद्धि, दिल्लीमा प्रतिबन्धको निर्णय लिइँदै

    • स्वास्थ्य पेज

  • ७ बैशाख २०७९, बुधबार

 नेपालगन्जः भारतमा दैनिक कोरोना संक्रमण ६६ प्रतिशतले वृद्धि भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा २ हजार ६७ संक्रमित थपिएका छन्। यसअघि मंगलबार १२७४ संक्रमित थपिएका थिए भने सोमबार थप २१८३ जनामा संक्रमण पुष्टि भएको थियो।

योसँग सक्रिय संक्रमितको संख्यामा पनि वृद्धि भएर १२ हजार ३ सय ४० पुगेको छ। दिल्लीमा मात्रै २४ घण्टामा ६३२ जनामा संक्रमण पुष्टि भएको छ। दिल्लीमा सक्रिय संक्रमितको संख्या १९७४ छ।

भारतभर सक्रिय संक्रमितको दर ०।०३ प्रतिशत छ भने संक्रमणमुक्त दर ९८।८ प्रतिशत छ। यो अवधिमा कोरोना संक्रमणका कारण २८ जनाको मृत्यु भएको छ भने १५७४ निको भएका छन्। हाल केरलमा सबैभन्दा बढी सक्रिय संक्रमित २४३२ छन् भने दिल्लीमा १९७४, कर्नाटकमा १५२९, असममा १३५१, हरियाणामा ११२५ र उत्तरप्रदेशमा ७९८ छन्।

यसैबीच, दिल्लीमा कोभिडको स्थिति समीक्षाका लागि दिल्ली आपतकालीन व्यवस्थापन प्राधिकरण ९डीडीएमए० को बैठक आज बस्दैछ। बैठकले मास्क अनिवार्य गर्ने, सामाजिक दूरी अपनाउनेसहितका प्रतिबन्धको निर्णय गर्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस्तै, विद्यालय बन्द गर्ने या नगर्ने भन्ने विषयमा पनि निर्णय लिइनेछ।

दिल्लीमा संक्रमण दर बढेर साढे ४ प्रतिशत पुगेको छ। खासगरी दिल्लीसँग जोडिएका नोयडा र गाजियावादका कैयौं स्कुलमा कोभिड संक्रमण देखिएका समाचार सार्वजनिक भएका छन्। दिल्ली सरकारले संक्रमण देखिएका विद्यालयका कक्षा अस्थायी रुपमा बन्द गर्न निर्देशन दिइसकेको छ।

  • ७ बैशाख २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech