भेरी अस्पताल कार्यसम्पादनमा चैत महिनाको उत्कृष्ट, पाँच हजार पुरस्कार !

    • स्वास्थ्य पेज

  • ६ बैशाख २०७९, मंगलवार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पताल कार्य सम्पादनमा बाँके जिल्लाका सरकारी कार्यालयमा चैत महिनाको उत्कृष्ट घोषित भएको छ ।

आर्थिक वर्ष २०७८-७९ मा तोकिएको वार्षिक लक्ष्य अनुसारको विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्य हासिल गरेको भन्दै कर्मचारी मिलन केन्द्रले अस्पताललाई नगद पाँच हजार पुरस्कारसहित सम्मानपत्र प्रदान गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अस्पतालका निमित्त मेसु डा राजन पाण्डेलाई पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

फागुन महिना भूमिगत जलस्रोत कार्यालय नेपालगन्ज पुरस्कृत भएको थियो । सेवा प्रवाहमा गुनासो बढेपछि स्थानीय प्रशासनले सरकारी कार्यालयबाट भइरहेका कामको अभिलेख राख्न थालेको हो । प्रत्येक महिना अभिलेखका आधारमा उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गर्ने प्रशासनले नीति लिएको।

जिल्लामा १ सय ११ वटा सरकारी निकाय छन् । तीमध्ये २५ भन्दा बढी विकास निर्माणसँग सम्बन्धित छन् ।

विकास निर्माणसँग सम्बन्धित कार्यालयका प्रमुख तथा कर्मचारीले योजनाअनुरूप रकम खर्च गर्न नसकेको देखिएपछि प्रशासनले कामको मूल्यांकन गरी राम्रो गर्नेलाई पुरस्कृत गर्ने परिपाटी सुरु गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।

कामको मूल्यांकन गर्न कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख सदस्य रहने गरी मूल्यांकन समितिसमेत गठन गरेका छन् ।

कुन सरकारी निकायले कुन महिनामा विकासका काममा कति बजेट खर्च गरे ? त्यसका आधारमा उत्कृष्ट कर्मचारी र कार्यालय छनोट गर्ने गरिएको छ ।

 

  • ६ बैशाख २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech