गंगालाल अस्पतालका कर्मचारी आन्दोलित, धर्नासहित पेन डाउन गर्नेसम्मको चेतावनी

    • स्वास्थ्य पेज

  • ५ बैशाख २०७९, सोमबार

नेपालगन्जः शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारी हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् ।

सेवा सर्त र सुविधा सम्बन्धी नियमावली २०५८ को छैठौं संशोधन प्रक्रिया नटुङ्गिएको भन्दै कर्मचारीहरुले विरोध स्वरुप कालो पट्टी बाधेर सेवा दिएका छन् ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कर्मचारी संघका अध्यक्ष आत्माराम तिमल्सिनाले छैठौं संशोधन प्रक्रिया नटुङ्गिदा कर्मचारीहरुको वृत्ति विकास र बढुवा हुन नसकेको भन्दै आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो ।

अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ, प्राविधिक तथा अप्राविधिक कर्मचारीले सोमबार हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

विरोध स्वरुप उनीहरुले हातमा कालो पट्टी बाँध्ने कार्यक्रमसहित पाँच बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आफ्ना माग पुरा गर्नका लागि संघले अस्पताल व्यवस्थापन पक्षलाई १४ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

९ वैशाखसम्म पनि संशोधनको प्रक्रिया नसके सबै कर्मचारीहरुले कालो पट्टीसहित व्यवस्थापनको कार्यालयमा दैनिक दुई घण्टा धर्ना दिने, ११ गतेसम्म संशोधन नभए धर्नासहित पेन डाउन गर्ने, १४ गतेसम्म पनि नभए व्यवस्थापनको कार्यालयमा धर्नासहित तालाबन्दी गर्ने कार्यक्रम उनीहरुले तय गरेका छन् ।

  • ५ बैशाख २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech