नेपालगन्जसँग जोडिएको भारतको उत्तर प्रदेशमा दैनिक कोरोना संक्रमणमा ९० प्रतिशत वृद्धि

नेपालगन्जसँग जोडिएको उत्तर प्रदेशमा संक्रमितको दर ९० प्रतिशतले वृद्धि भएपछि फेरि बाँकेमा संक्रमणको जोखिम बढ्ने सक्ने भन्दै स्वास्थ्यकर्मीहरु चिन्तित भएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा नेपालीहरु धमाधम घर फर्किरहेका छन् । प्रभावित क्षेत्रबाट मानिसहरु आउनेक्रम बढेसँगै संक्रमणको जोखिम बढेको हो ।


    • स्वास्थ्य पेज

  • ५ बैशाख २०७९, सोमबार

नेपालगन्जः भारतमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ। आइतबारको तुलनामा भारतमा कोरोना संक्रमणमा ९० प्रतिशत वृद्धि भएको हो।

नेपालगन्जसँग जोडिएको उत्तर प्रदेशमा संक्रमितको दर ९० प्रतिशतले वृद्धि भएपछि फेरि बाँकेमा संक्रमणको जोखिम बढ्ने सक्ने भन्दै स्वास्थ्यकर्मीहरु चिन्तित भएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा नेपालीहरु धमाधम घर फर्किरहेका छन् । प्रभावित क्षेत्रबाट मानिसहरु आउनेक्रम बढेसँगै संक्रमणको जोखिम बढेको हो ।

शनिबार भारतमा ११५० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा आइतबार ८९.८ प्रतिशतले वृद्धि भई २१८३ जनामा संक्रमण देखिएको हो। यस्तै, आइतबार २१४ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ। यसमा २१३ मृत्यु केरलको ब्याकलग डेटाको हो।

अधिकारीहरुका अनुसार ११ देखि १७ अप्रिलको बीचमा कोरोना दरमा ३५ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धि दिल्ली, हरियाणा र उत्तर प्रदेशमा भएको हो। यस्तै, गत साता भारतमा ६६१० जनामा संक्रमण पुष्टि भएको थियो भने। अघिल्लो साता यो संख्या ४९०० थियो। गत साता कोरोनाबाट हुने मृत्यु २७ थियो भने त्यसअघिको साता ५४ जनाको मृत्यु भएको थियो।

दिल्ली, हरियाणा र उत्तर प्रदेशमा कोरोना संक्रमणमा वृद्धि आएको पाइएको छ। गत साता दिल्लीमा २३०७ जनामा कोरोना संक्रमण देखिएको थियो भने त्यसअघिको साता ९४३ जनामा देखिएको थियो। एक सातामा दिल्लीमा १४५ प्रतिशतले वृद्धि भएको हो। हरियाणामा पनि एक सातामा ५१४ बाट ११८ प्रतिशत बढेर १११९ भएको छ भने उत्तर प्रदेशमा पनि अघिल्लो साताको तुलनामा १४१ प्रतिशतले वृद्धि पाइएको छ।

दिल्लीमा संक्रमण दर बढेर ५।३३ प्रतिशत पुगेको छ। दिल्लीको संकट व्यवस्थापन प्राधिकरणले कोरोना मापदण्ड तय गर्न बुधबार बैठक बोलाएको छ। संक्रमणदर ५ प्रतिशतभन्दा बढी भयो भने प्रतिबन्धहरु लगाउनसक्ने प्रावधान छ। यसअघि १३ जनवरीका दिन दिल्लीमा दैनिक २८ हजारभन्दा बढी संक्रमित फेला परेका थिए। त्यतिबेला संक्रमण दर ३० प्रतिशतभन्दा बढी थियो।

संक्रमण बढ्न थाले पनि चिकित्सकहरुले भने विगतको जस्तो भयावह नहुने बताउँदै आएका छन्। यद्यपि सार्वजनिक स्थानमा मास्क लगाउने, हात धुनेर, सफाइमा ध्यान दिनेजस्ता कार्यमा भने निरन्तरता दिनुपर्ने बताएका छन्।

 

  • ५ बैशाख २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech