नेपालगन्जः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले १ सय २९ विद्यार्थीको स्वास्थ्य बीमा गरेको छ । शिक्षण अस्पतालका अनुसार विद्यार्थीसहित २ सय ७७ जना कर्मचारीको बीमा गरिएको हो ।
अस्पतालका अनुसार एमबीबीएस १५, बीफार्माका ८, बीएनएसका ११, बीएमएसका ६, बीपीएचका ३०, पीसीएल नर्सिङका ३६ र एचएका २३ विद्यार्थीको बीमा गरिएको छ । त्यस्तै, ५० शिक्षकको पनि स्वास्थ्य बीमा गरिएको अस्पताल निर्देशक रोकायाले बताउनुभयो ।
उहाँका अनुसार विद्यार्थी र उनीहरूका परिवारका सदस्यले पायक पर्ने सेवा प्रदायक अस्पतालबाट बीमा को सुविधा पाउँनेछन् ।