यी हुन् ‘ब्रेन बुस्टर’ खाद्यपदार्थ, बिहान नियमित खानाले मस्तिष्क बनाउँछ तेज

    • स्वास्थ्य पेज

  • ३ बैशाख २०७९, शनिबार

विश्वभर डिप्रेसन र डिमेन्सियाजस्ता मस्तिष्कसम्बन्धी रोगहरुमा वृद्धि भइरहेका छन्। यसका अलावा हार्मोनल परिवर्तनका कारण या खराब जीवनशैली र तनावका कारण स्मरणक्षमता कमजोर बनेको गुनासो मानिसहरुबाट आउने गरेका छन्। यस्तो स्थितिमा एक अध्ययनलाई हेर्ने हो भने केही खाद्यपदार्थको सेवनले मानिसलाई मानसिक रोगी हुनबाट बचाउनसक्ने देखिएको छ।

अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिशनले गरेको एक अध्ययनअनुसार बिहान स्ट्रबेरी र ब्लूबेरी खानबाट मानसिक समस्यबाट बँच्न सकिन्छ। यी फलमा डिप्रेसन र डिमेन्सिया हुनबाट बचाउने एन्टीअक्सिडेन्ट र अन्य तत्व पाइने भएकाले यिनले ब्रेन बुस्टरको काम गर्ने बताइएको छ।

स्ट्रबेरी र ब्लुबेरीमा फ्लेवोनोइड्स नामक तत्व हुन्छ, जसले स्नायुसम्बन्धी समस्या विकास हुनबाट बचाउँछ। यसका अलावा फ्लेवोनोइड्स न्यूरोट्रान्समिटरलाई स्वस्थ राख्छ र अल्जाइमरजस्ता रोगबाट पनि बचाउ गर्छ। यस्तोमा बिहान यी चिज खाँदा ब्रेन बुस्टरको जस्तै काम गर्छ र दिमागालाई शक्ति दिनुका साथै दिनभर मूडलाई पनि राम्रो बनाउन सहयोग गर्छ।

१. फ्लेवोनोइडबाट भरपूर
स्ट्रबेरी र ब्लुबेरी फ्लेवोनोइड्सबाट भरपूर हुनछ र दिमागलाई राम्रोसँग काम गर्न सहयोग गर्छ। वास्तवमा बिहान योे खाँदा दिमागलाई शक्ति प्राप्त हुन्छ। यी चिज त्यत्तिकै खान सकिन्छ या जुसको रुपमा पिउन सकिन्छ।

२. एन्टिअक्सिडेन्टबाट भरपूर
स्ट्रबेरी र ब्लुबेरी एन्थोसायनिन नामक तत्वबाट भरपूर हुन्छ। यो पनि एक खालको एन्टिअक्सिडेन्ट हो। एन्थोसायनिनले मस्तिष्कमा तनाव कम गर्छ। यसको एन्टीइन्फ्लामेटेरी गुणले कोशिकाहरुलाई सुन्निनबाट बचाउँछ।

३. फाइबरयुक्त 
आन्द्रा र हाम्रो मस्तिष्कबीच गहिरो सम्बन्ध हुन्छ। फाइबरले आन्द्रालाई स्वस्थ राख्न मद्धत गर्छ। एन्टिअक्सिडेन्टजस्तै फाइबरले सुन्निन कम गर्छ र असल ब्याक्टेरियालाई बढावा दिन्छ। यिनमा पाइने फाइबरले माइक्रोबायोम स्वास्थ्यमा सुधार गर्छ र आन्द्रा र मस्तिष्कको सुजनलाई कम गर्न मद्धत गर्छ।

यसका अलावा स्ट्रबेरी र ब्लुबेरीमा फोलेट पनि हुन्छ, जो एक महत्वपूर्ण भिटामिन हुन्छ। यसले हाम्रो मस्तिष्कभित्र रासायनिक सन्देशवाहकको रुपमा रहेको न्यूरोट्रान्समिटरलाई ठीक गर्न अनुमति दिन्छ र मूड र अब्जर्भेसनलाई नियन्त्रित गर्छ।
यसैले मस्तिष्क स्वस्थ बनाउन स्ट्रबेरी र ब्लूबेरी सेवन गर्नुपर्छ।

  • ३ बैशाख २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech